राजविराज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालकै कारण पार्टीमा अहिलेको अवस्था आएको बताएका छन् ।
राजविराज रङ्गशालामा मङ्गलबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपाका सचिवालय सदस्य रहेका पोखरेलले भने, ‘महाधिवेशन नहुञ्जेल दुई अध्यक्षको व्यवस्था र पाँच वर्षसम्म अध्यक्ष ओलीको नेतृत्वमा स्थिर सरकार रहने सहमति उहाँहरूले बीचमै तोडेर हटाउने षड्यन्त्र गरेका कारण पार्टी विभाजनको अवस्था आएको हो ।’
निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाबाट उम्मेदवार हुन र सूर्य चिन्हबाट चुनाव लड्न नेकपाको प्रथम अध्यक्ष ओलीकै हस्ताक्षर चाहिने बताए ।