विराटनगर । बार्सिलोनाका कप्तान लियोनल मेस्सी टोलीमा फर्किएका छन् । कोपा डेल रेको अन्तिम १६ अन्तर्गत रायो भालेकानोसँगको खेलका लागि मेस्सी टोलीमा फर्किएका हुन् ।
प्रतिबन्धका कारण अर्जेन्टिनी स्टार मेस्सीले दुई खेल गुमाएका थिए । सुपर कपअन्तर्गत रियल सोसिडाडसँगको खेलमा रातो कार्ड पाएका मेस्सीलाई दुई खेलमा प्रतिबन्ध लागेको थियो । त्यसपछि उनले कोपा डेल रेअन्तर्गत कोर्नेला र इल्चेसँगको खेल गुमाएका थिए ।
अब उनी भालेकानोसँगको खेलबाट उनी मैदान फर्किनेछन् । बार्सिलोनाले बुधबार राति भालेकानोसँग खेल्दैछ । अन्तिम १६ खेलमा बार्सिलोनाले भालेकानोसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।
यस खेलका लागि उनलाई प्रशिक्षक रोनाल्ड कोइम्यानले टोलीमा राखेका हुन् । कोइम्यानले सर्जियो डेस्टलाई भने टोलीमा समावेश गरेका छैनन् । डेस्ट मङ्गलबारको प्रशिक्षणमा पनि उपस्थित थिएनन् ।
