birat ribon

प्रेमिकाको हात भाँचेको आरोपमा पक्राउ परेका तरुण दल नेतालाई अस्पतालमै बस्ने सुविधा !

Neuro
प्रेमिकाको हात भाँचेको आरोपमा पक्राउ परेका तरुण दल नेतालाई अस्पतालमै बस्ने सुविधा !

विराटनगर/विराटनगर महानगरपालिका–२ घर भएका ३९ वर्षीय अनिल रिजाल राजनीतिसँगै सामाजिक काममा सक्रिय छन् । तरुण दल मोरङको कोषाध्यक्ष रहेका उनी विराट व्यापार सङ्घको सदस्य पनि हुन् ।

Padelux insider
cura insider

सामाजिक कामकै सिलसिलामा एक वर्षअघि उनी नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत डाक्टर महिलासँग नजिकिए । आर्थिक रूपमा सम्पन्न डाक्टरको करिब आठ वर्षअघि डिभोर्स भएको थियो । उनी रोटरी क्लब सेन्ट्रलमा थिइन् । रिजालकी श्रीमती सृजना पनि सोही क्लबमा थिइन् ।

सामान्य चिनजान हुँदै नजिकिएका उनीहरू प्रेम सम्बन्धमा रहे । सुरुमा आफूलाई अविवाहित बताउँदै आएका रिजाल प्रेमिकाले विवाह गरेको थाहा पाएपछि श्रीमतीलाई डिभोर्स दिने भन्दै नजिकिएका थिए । एक–अर्काको घरमा आउजाउ पनि राम्रो थियो ।

दसैँयता भने नोबेल मेडिकल कलेजमा कार्यरत बस्नेत थरकी डाक्टरको डेरामा रिजालको आउने–जानेक्रम बाक्लिएको थियो । उनीहरूबीच बेला–बेला विवाद हुन्थ्यो । तर विवाह गर्ने भन्दै नजिकिएका रिजालले लेनदेनको विषयमा गत पुस १५ गते डाक्टरलाई निर्घात कुटपिट गरे । कुटपिटबाट महिलाको दाहिने हातको साइँली औँला भाँचिएको छ । घुँडा र कम्मरमुनिको भागमा नीलडाम छ ।

राजनीतिक पहुँच आफूसँग रहेको भन्दै कुटपिट गरेका रिजालविरुद्ध २३ पुसमा महिलाले अभद्र व्यवहारमा प्रहरीमा जाहेरी दिइन् । प्रहरीले जाहेरी दर्ता गरेलगत्तै रिजाल फरार भए ।

तरुण दल मोरङका कोषाध्यक्ष रिजाल सोमबार आफैँ जिल्ला प्रहरी कार्यालय हाजिर भएका छन् । स्रोतका अनुसार जाहेरी परेपछि फरार रहेका रिजाल हिरासतको अवधि अस्पतालमा बस्ने भन्दै प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

काङ्ग्रेसको नेतृत्वसँग पहुँच भएका रिजाल जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएपछि कोसी अस्पताल भर्ना भएका थिए । अस्पतालमै राखेर प्रहरीले पाँच दिनको म्याद पनि थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले रिजाल पक्राउलगत्तै अस्पताल भर्ना भएको बताए । प्यारालाइसिसको समस्या देखाएपछि अस्पताल भर्ना गरिएको उनले जानकारी दिए ।
फकाएर १० लाख लगे
नाक, कान, घाँटी सर्जनसमेत रहेकी बस्नेत थरकी प्रेमिकासँग नजिकिएसँगै रिजालले पटक–पटक पैसा मागेका थिए । प्रहरी स्रोतका अनुसार पेसाले डाक्टर रहेकी महिला आर्थिकरूपले सम्पन्न देखेपछि रिजाल नजिकिएका थिए । यसबीचमा महिलाको नाममा इटहरीमा रहेको जग्गा प्लटिङ गर्ने भन्दै रिजालले तयारी सुरु गरेका थिए ।

‘इमोसनल ब्लाकमेलिङ’ गरी आफूबाट १० लाख रुपैयाँ लिएर गएको महिलाले बताएकी छन् । पैसा फिर्ता दिन आनाकानी गर्दै आएका रिजालले आफूलाई निर्घात कुटपिट गरेको उनले बताइन् । ‘पहिले पनि मानसिक यातना दिँदै आएको थियो,’ उनले भनिन्, ‘निर्घात कुटपिट गरेपछि प्रहरीमा जाहेरी दिएँ ।’ रिजालविरुद्ध प्रहरीमा जाहेरी नदिन उनीमाथि काङ्ग्रेसका नेताले दबाब दिएका थिए । जाहेरी दर्ता गरेपछि पनि निरन्तर दबाब आइरहेको उनले बताइन् ।

jackson ribon