विराटनगर । विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा सिटी जुलुस निकालिएको छ । मङ्गलबार नेकपा विराटनगर महानगर कमिटीले सिटी जुलुस गरेको हो ।

जुलुसमा पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । जुलुस विराटनगर बजार परिक्रमा गर्दै जलजला चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा मोरङ जिल्ला सचिवालय सदस्य वसिम आलमले सत्ताका नाममा गलत निर्णय गर्नेले महाअभियोगका लागि तयार हुनुपर्ने बताए ।
