birat ribon

कञ्चनपुरको प्यारातालमा भारतीयको दाबी, नेपाली पक्ष मौन

Neuro
कञ्चनपुरको प्यारातालमा भारतीयको दाबी, नेपाली पक्ष मौन

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्यारातालमा भारतीय पक्षको दाबी रहँदा पनि नेपाली पक्ष मौन देखिएको छ । प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको हो ।

Padelux insider
cura insider

तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हाल स्थानीय तहले तालमा माछा मार्ने ठेक्का दिँदै आएकामा भारतीय पक्षले तालमा आफ्नो पनि स्वामित्व दाबी गरेर बखेडा झिकिरहेको छ । विसं २०६१–६२ मा आएको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमास्तम्भ गाडेको स्थानीयको भनाइ छ ।

झण्डै चार दशकदेखि प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै सुरसार देखिएको छ । विसं २०२२ देखि जिल्ला विकास समितिले तालमा माछा पार्न ठेक्का दिँदै आइरहेको प्यारातालमा २०३५ सालयता भारतीय पक्षले पनि उक्त तालमा आफ्नो पनि दाबी गर्दै विवाद गरिरहेको छ ।

तीन वर्षयता पुर्नवास नगरपालिकाले प्यारातालमा माछा मार्ने ठेक्का दिँदै आएको पुर्नवास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए । तालसँगै छेउमा रहेको भारतीय दुधुवा नेशनल पार्कका वन्यजन्तुको पानीको प्यास मेटाउने एक मात्र ठाउँ प्याराताल हुने भएकाले सो प्रयोगजनका लागि भारतले तालमा आँखा गाडेको उनको भनाइ छ ।

स्थानीयका अनुसार तालभन्दा करिब पाँच सय मिटर दक्षिणसम्म नेपाली भूमि रहेपनि भारतीय पक्षले त्यहाँ आवागमन गर्न रोक लगाएको छ । करीब तीन किलोमिटर लम्बाइमा प्याराताल फैलिएको छ । माछाको ठेक्का पाएका स्थानीयले भने माछा मारेर ५० प्रतिशत भारतीय पक्षलाई दिनुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् । रासस

jackson ribon