birat ribon

‘सुदूर’बाट बाहिरिइन् वर्षा

Neuro
‘सुदूर’बाट बाहिरिइन् वर्षा

विराटनगर । रमेश बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘सुदूर’बाट नायिका वर्षा सिवाकोटी बाहिरिएकी छन् । यसअघि नायिका सिवाकोटीले ‘रानी महल, मेरो पैसा खोइ ?, गोपी’ लगायतका चलचित्र साइन गरेर छाडेकी थिइन् ।

Padelux insider
cura insider

करिब डेढ वर्षअगाडि वर्षाले निर्देशक बुढाथोकीको चलचित्र ‘सुदूर’ साइन गरेकी थिइन् । चलचित्रको छायाङ्कन डेढ वर्षअगाडि नै सुरु हुनेपर्ने हो । तर, विभिन्न कारणले छायाङ्कन ढिला भएपछि उनले सिनेमा छोडेकी हुन् ।

निर्देशक रमेश वुढाथोकीले चलचित्रको छायाङ्कन चैतबाट सुरु गर्ने तयारी गरेका छन् । चलचित्रको छायाङ्कनको सेड्यूल सरेपछि वर्षाले सहमतिमा नै ‘सुदूर’ छोडेको बताइन् । चलचित्रको छायाङ्कन निर्धारित समयमा नभएका कारण आफूले समय दिन नसकेको वर्षाको भनाइ छ ।

नायिका सिवाकोटीले भनिन्, ‘लकडाउनपछि म नयाँ व्यवसायमा पनि आवद्ध भएकी छु । यसैले पनि करिब २ महिना समय चलचित्रका लागि दिननसक्ने अवस्था भयो । यस्तै, सोही मितिमा अर्को चलचित्रको छायाङ्कन पनि पर्ने भएकाले काम गर्न नसकेकी हुँ ।’

वर्षाले चलचित्रबाट हात झिकेपछि अहिले निर्माण टिम अर्को अभिनेत्रीको खोजीमा छ । चलचित्रका लागि मुख्य नायकको प्रस्ताव भने पुष्प खड्कालाई गरिएको छ । तर, पुष्पले भने चलचित्र गर्ने वा नगर्ने पक्का गरेका छैन । निर्माण टिमसँग मौखिक सहमति भए पनि कागजी सम्झौता नभएको उनी बताउँछन् ।

jackson ribon