birat ribon

नेपाली काङ्ग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

Neuro
नेपाली काङ्ग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौँ/नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।

Padelux insider
cura insider

काङ्ग्रेसले माघ १९ गते पार्टीनिकट भ्रातृ संस्थाहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रूपमा विरोध प्रदर्शन तथा सभा गर्ने र माघ ३० गते नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा जिल्ला सदरमुकाममा विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रमका अलावा जिल्ला समिति र भ्रातृ संगठनहरूले आवश्यकताअनुसार कार्यक्रम गर्नसक्ने निर्णय गरेको पनि उनले बताए ।

नयाँ सङ्घीय संरचना अनुरूप पार्टीको स्थानीय साङ्गठनिक संरचनालाई समायोजन गर्न जिम्मेवारी पाएअनुसार ७४ वटा जिल्लामा समायोजन कार्य पूरा गरेकोमा बैठकले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन पनि गरेको छ । बाँकी रहेको समायोजनको काम सम्पन्न गर्न पनि पुनः निर्वाचन समितिलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, बैठकले नेपाली काङ्गे्रसका भ्रातृ संगठनहरू नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी÷जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनासम्म थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

त्यसैगरी, नेपाली काङ्ग्रेसका कतार, बहराइन, मलेसिया र साउदी अरबका जनसम्पर्क समितिका क्रियाशील सदस्य स्वीकृत गरिएको छ । बैठकले माल्टामा रहेका नेपालीहरूले गठन गरेको जनसम्पर्क समितिलाई आबद्धता प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली जनसम्पर्क समिति युएईको विधानलाई स्वीकृत गरेको छ भने इजरायल जनसम्पर्क समितिको म्याद सकिएको मितिले बढीमा ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यकाल थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।

सोमबार नागरिकले प्रतिनिधिसभा विघटनको विरोधमा गरेको प्रदर्शनमा सरकारले गरेको दमनलाई नेपाली काङ्ग्रेसले गम्भीरतापूर्वक लिँदै विरोध गरेको पनि प्रवक्ता शर्माले बताए । बैठकले घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै उक्त दमनलाई निन्दा र भत्र्सना गरेको छ ।

त्यसैगरी, प्रधानमन्त्रीले पछिल्लो समय प्रतिनिधिसभा विघटनको विरोध गर्नेलाई अनुचित टिप्पणी गर्ने गरेको काङ्ग्रेसको ठहर छ । अदालतमा विचाराधीन मुद्दालाई समेत तमासा भनेर वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र पत्रकारकारमाथि गरेको अशोभनीय टिप्पणीलाई प्रधानमन्त्री पदको गरिमा राख्न असफल भएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता शर्माले बताए ।

jackson ribon