birat ribon

अवैध कुखुरासहित एक जना पक्राउ

Neuro
अवैध कुखुरासहित एक जना पक्राउ

विराटनगर/विराटनगर महानगरपालिका–१२ स्थित रोडशेष चोकबाट प्रहरीले भारतबाट ल्याइएका अवैध कुखुरासहित एक जनालाई पक्राउ गरेको छ ।

Padelux insider
cura insider

मंगलबार भारतको जोगबनीबाट कुखुरा बोकी नेपालतर्फ आउँदै गरेको प्रदेश १–०४००१ च ००४६ नं. को पिकअप भ्यानसहित मोरङ कटहरी गाउँपालिका–५ का २८ वर्षीय किरनकुमार सरदालाई पक्राउ गरेको हो ।

सो भ्यानमा अन्दाजी दुई लाख २५ हजार मूल्यबराबरका सात सय ५० केजी ब्रोइलर कुखुरा रहेको र उक्त कुखुरा जिल्ला पशु क्वारेन्टाइन मोरङका प्रतिनिधि, स्थानीय तथा प्रहरीको रोहवरमा नष्ट गरिएको जनाएको छ ।

कुखुरा ल्याउन प्रयोग भएको सवारी साधनसहित सरदालाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।

jackson ribon