birat ribon

तरुण दल मोरङका कोषाध्यक्ष पक्राउ

Neuro
तरुण दल मोरङका कोषाध्यक्ष पक्राउ

विराटनगर/नेपाली काङ्ग्रेसनिकट तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् । प्रेमिकामाथि निर्घात कुटपिट गरी फरार रहेका रिजाल सोमबार पक्राउ परेका हुन् ।

Padelux insider
cura insider

प्रहरीका अनुसार उनी विरुद्ध अभद्र व्यवहारको जाहेरी परेको छ । विराटनगर महानगरपालिका–२ घर भएका ३० वर्षीय रिजालविरुद्ध पुस २२ गते किटानी जाहेरी परेको थियो । स्रोतका अनुसार जाहेरी परेपछि फरार रहेका रिजाल आफैँ प्रहरी कार्यालय पुगेका थिए । राजनीतिक पहुँच उच्च भएका कारण उनी पक्राउलगतै अस्पताल भर्ना भएका थिए ।

प्रहरीका अनुसार पेसाले डाक्टर प्रेमिकामाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट उनको हातको औँला भाँचिएको छ । घुँडा र शरीरका गोप्य अङ्गमा पनि चोट लागेको बताइएको छ ।
विवाहित रिजालले नाक, कान, घाटी सर्जन डाक्टरसँग करिब पाँच महिनाअघि दोस्रो विवाह गरेको बताउँदै आएका थिए । उनकाे श्रीमती पनि छन् । श्रीमतीको जानकारीमा डाक्टरसँग नजिकिएका रिजालले डाक्टरबाट १० लाख रुपैयाँ लगेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले रिजाल पक्राउलगत्तै अस्पताल भर्ना भएको बताए । प्यारालाइसिसको समस्या देखाएपछि अस्पताल भर्ना गरिएको उनले जानकारी दिए ।

jackson ribon