birat ribon

बिपीको आत्मवृत्तान्त अब जापानी भाषामा

Neuro
बिपीको आत्मवृत्तान्त अब जापानी भाषामा

काठमाडौँ/बिपी कोइरालाको आत्मवृत्तान्त अब जापानी भाषामा छापिने भएको छ । बिपी विचार राष्ट्रिय समाज, जापानले कोइरालाको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’लाई जापानी भाषामा अनुवाद गरी जापानमा प्रकाशन गर्ने भएको तयारी गरेको छ ।

Padelux insider
cura insider

कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बिपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा बिपीको संस्मरणात्मक कृति ‘आत्मवृत्तान्त’लाई जापानी भाषामा अनुवाद गरेर जापानमा प्रकाशित र बिक्री–वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ ।

बिपी कोइरालाका कृतिहरूलाई भाषानुवाद गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले शाखाका संयोजक प्राध्यापक सुदीप अधिकारीको संयोजकत्वमा प्राध्यापक विश्वराज कँडेल, सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बिपीका कृति अन्तर्राष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरी प्रथम चरणमा बिपीको लोकप्रिय कृति ‘आत्मवृत्तान्त’लाई जापानी भाषामा अनुवाद गरेको हो ।

अनुवादका लागि प्राध्यापक अधिकारीको संयोजकत्वमा चुवु विश्वविद्यालय, जापानका प्राध्यापक कँडेल र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक ताकाओ ऊ रहेको तीन सदस्यीय ‘बिपीको आत्मवृत्तान्त अनुवाद तथा व्यवस्थापन उपसमिति’ गठन गरी काम अगाडि बढाइएको आत्मवृत्तान्त प्रकाशन समन्वय समितिका संयोजक लोकेश ढकालले जानकारी दिए । रासस

jackson ribon