birat ribon

एपिएफको लगातार तेस्रो जित, आर्मी पराजित

Neuro
एपिएफको लगातार तेस्रो जित, आर्मी पराजित

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । मङ्गलबार भएको खेलमा एपिएफले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गरेको हो ।

Padelux insider
cura insider

एन्फा कम्प्लेक्स सातादोबाटोमा भएको खेलमा एपिएफलाई जिताउन अञ्जली योञ्जन र सरु लिम्बूले समान एक–एक गोल गरिन् । खेलको २७औं मिनेटमा अञ्जलीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् ।

यस्तै पहिलो हाफको इन्ज्युरी समयमा सरुले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् । दोस्रो हाफ गोलरहित बराबरीमा सकिएपछि एपिएफले २–० गोलको जित निकाल्यो ।

यससँगै एपिएफले लगातार तेस्रो जित निकाल्यो । यसअघि उसले पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकामाथि ६–० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलले हराएको थियो ।

एपिएफले तीन खेलमा नौ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

आर्मीसँग भने समान तीन खेलबाट चार अङ्क छ । आर्मीले पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा वालिङलाई ७–० गोलले हराएको थियो ।

jackson ribon