विराटनगर । देशभर मङ्गलबार तीन सय तीन जना कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप तीन सय तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ९२ पुगेको छ ।
नेपालमा आज थप दुई सय ८५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६४ हजार आठ सय २३ पुगेको छ ।
हाल तीन हजार दुई सय ५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मङ्गलबार थप छ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार १७ पुगेको छ ।