birat ribon

‘प्रकाश’ मा प्रदीपको जोडी रेनु

Neuro
‘प्रकाश’ मा प्रदीपको जोडी रेनु

विराटनगर/दिनेश राउतको निर्देशन रहने फिल्म ‘प्रकाश’ मा अभिनेता प्रदीप खड्काको जोडी फाइनल भएको छ ।

Padelux insider
cura insider

उनी हुन् धनगढीकी रेनु योगी । ब्याचलर अध्ययन गरेकी रेनु थिएटर आर्टिस्ट हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् । उनले हालसम्म १० वटाभन्दा बढी नाटक, सर्ट मुभी र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।

फागुन दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा अभिनेता प्रदीप खड्का गाउँले युवाको भूमिकामा देखिने छन् । केही समयअगाडि फिल्मका अन्य कलाकारका लागि कास्टिङ कल गरिएको थियो । ‘प्रकाश’ मा प्रदीप र रेनु मुख्य भूमिकामा देखिने छन् भने अन्य कलाकार फाइनल गरिएको छैन ।

निर्देशक राउत भन्छन्, ‘रेनुको प्रस्तुति र क्यारेक्टर मिल्ने भएकाले सिनेमामा लिएका हौँ ।’ अडिसनमार्फत् कास्टिङ डाइरेक्टर अनुप बरालले रेनुलाई छनोट गरेका थिए । जुम्लामा छायांकन गरिने सिनेमाको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ ।

विकास सुवेदीको लेखन रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् ।

jackson ribon