birat ribon

‘बिस्तारै–बिस्तारै’ मा एलिजा र एसराजको रोमान्स

Neuro
‘बिस्तारै–बिस्तारै’ मा एलिजा र एसराजको रोमान्स

विराटनगर/गोविन्द राई इन्टरटेन्टमेन्ट प्रालिको पहिलो प्रस्तुति ‘बिस्तारै–बिस्तारै’ गीतको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ ।

Padelux insider
cura insider

राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा गायक प्रताप दास र गायिका कविता श्रेष्ठको आवाज दिएका छन् । पूर्वका विभिन्न ठाउँमा छायाङ्कन गरिएको उक्त गीतमा चलचित्र अभिनेत्री एलिजा गौतम र अभिनेता एसराज गराचको मुख्य भूमिका रहेको छ । म्युजिक भिडियोको निर्देशन नेपाली चलचित्रका कोरियोग्राफर गोविन्द राईले गरेका छन् । गीतमा एलिस कार्कीले सङ्गीत दिएका छन् ।

झापाको बिर्तामोड र इलामका विभिन्न स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोको छायाङ्कन दिपेन बस्न्यातले गरेका छन् । भिडियोमा ज्ञानु सुब्बाको नृत्य रहेको छ । म्युजिक भिडियोको प्रोडक्सन नेत्र उप्रेतीले गरेका छन् । श्रृङ्गारमा अनिता ग्वाचा र ड्रोनमा नगिन धिमाल रहेको निर्देशन सहायक अनिल खत्रीले बताए ।

jackson ribon