birat ribon

अत्यधिक चिसोले जनजीवन प्रभावित (फोटो फिचर)

Neuro
अत्यधिक चिसोले जनजीवन प्रभावित (फोटो फिचर)

मोहन ढकाल

Padelux insider
cura insider

विराटनगर/अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण ठाउँठाउँमा आगो बालेर बसेको देख्न सकिन्छ ।

विराटनगरमा शितलहरका कारण जनजीवन प्रभावित भएको छ । निरन्तरको हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित हुन थालेको छ । जसका कारण विपन्न वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् ।

विराटनगरका विपन्न परिवार, बालबच्चा, वृद्धवृद्धालगायत सबै अत्यधिक जाडोबाट प्रभावित भएका छन् । केही दिनको अत्यधिक चिसोपछि दुईचार दिन मौसम सामान्य भएपछि जनजीवन केही सामान्य भएको थियो । तर पुनः चिसो बढेपछि सबै क्षेत्र प्रभावित भएको छ ।

अत्यधिक चिसोकै कारण काम गर्न समस्या भएको मजदुरले बताएका छन् । अत्यधिक चिसोका कारण जनजीवन प्रभावित हुँदासमेत स्थानीय सरकार मौन छ । गरिब र विपन्न बस्ती चिसोबाट बढी समस्यामा परेको भए पनि स्थानीय सरकारले दाउरासमेत व्यवस्था नगरेको विराटनगर–६ की दुखियादेवी महतोले बताइन् ।

jackson ribon