birat ribon

ट्राफिक स्वयंसेवक परिचालन

Neuro
ट्राफिक स्वयंसेवक परिचालन

काठमाडौँ/ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसाथ ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ ।

Padelux insider
cura insider

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका सय जना युवाहरुलाई ट्राफिक स्वयंसेवक बनाई मङ्गलबारदेखि परिचालन गरिएको हो । ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएको ठाउँहरुमा स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

स्वयंसेवकहरुले पैदलयात्रु तथा सवारीचालकहरुलाई ट्राफिकसम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने उनले विश्वास व्यक्त गरे । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लगिने उनको भनाइ छ ।

नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सही तरिकाले सही ठाउँबाट बाटो काट्न सिकाउने बताए । ट्राफिकले प्रवाह गर्ने जनचेतनामूलक सन्देशहरु प्रवाहमा स्काउटले सहकार्य गरेको पनि उनले बताए ।

सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनै पनि सङ्कटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उनको भनाइ छ ।

jackson ribon