birat ribon

माउन्ट के टु हिमाल आरोही स्वदेश फिर्ता

Neuro
माउन्ट के टु हिमाल आरोही स्वदेश फिर्ता

काठमाडौँ/विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु (पाकिस्तान) को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् ।

Padelux insider
cura insider

निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु आरोहण गरेर मङ्गलबार स्वदेश फर्किएका हुन् । उनीहरुले माघ ३ गते माउन्ट के टूको सफल आरोहण गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले त्रिभुवन विमानस्थलमा आरोहीहरुलाई स्वागत गर्दै आरोहीहरुले नेपालको उच्च शिरलाई पुनः अन्तर्राष्ट्रिय जगतमा राख्न सफल भएको बताए ।

नेपालीहरु हरेक हिमाल चढ्न सक्छन् भन्ने उजागर भएको उनको भनाइ छ । यसले वर्तमान समयमा नेपालका आठ हजारभन्दा माथिका हिमालहरु आरोहण गर्न आउने पर्यटकहरुलाई पनि प्रोत्साहन मिलेको बताए ।

आरोही निर्मल पूर्जाले आफूहरुले माउन्ट के टू हिमालको सफल आरोहण गरी विश्वलाई ठूलो सन्देश दिएको बताए । समूहमा काम गरे कुनै कुरा पनि असम्भव छैन भन्ने सन्देश दिएको उनको भनाइ छ ।

माउन्ट के टूमा अहिलेसम्म हिउँदयाममा कसैले पनि सफल आरोहण गर्न नसकेको अवस्थामा नेपालीहरुले सफल आरोहण गरी नेपालीहरुको नाम राखेको आरोही मिङ्मा शेर्पाले बताए । हिमाल आरोहीहरुको निम्ति ठूलो उपलब्धि भएको पनि उनले बताए ।

आरोहीहरुले आरोहणको क्रममा पाकिस्तानी सरकार र जनताबाट राम्रो साथ सहयोग पाएको बताएका छन् ।

jackson ribon