birat ribon

बालुवाटार मार्चपासमा सत्ताको साङ्केतिक पतन

Neuro
बालुवाटार मार्चपासमा सत्ताको साङ्केतिक पतन

डन्डेहरूले हिजोदेखि कुठाउँमा डन्डा भाँज्न (नचाउन) थालेछन् । ठीकै छ ओल्बाका डन्डाधारीहरू कति दिन यसरी डन्डा घुमाउँछौ घुमाऊ । कन्टिर–बाबू अहिले तिमीहरूप्रति कुनै प्रतिक्रिया व्यक्त गर्ने मुडमा छैनन् ।

Padelux insider
cura insider

उनी यतिमात्र भन्छन् कि होस गर पछि पछुताउनु पर्ला । त्यसबखत ‘अब पछताए होत का जब चिडिया चुग गई खेत’ भन्ने मधेसतिरको भनाइ जस्तो पहिले नै सचेत हुनु राम्रो, चराले सबै बाली खाइसकेपछि पछुतो मानेर के गर्नु ?

यता, कन्टिर–बाबू हिजोदेखि एकैपटक दुखी र खुसी दुवै भइरा’छन् । त्यसको कारण छ । दुखी हुने कारण हो, सोमबार नागरिक समाजका अभियन्तामाथि सरकारी पक्षबाट भएको बर्बर दमन ।

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरूले गरेको ‘बालुवाटार मार्चपास’ प्रहरी हस्तक्षेपका कारण बिथोलियो । माटोको टीका लगाएर कमलपोखरीदेखि बालुवाटारसम्म मार्चपास गर्न चाहने नागरिक अभियन्तामाथि लाठीचार्ज र पानीको फोहोरा प्रहार भयो, धरपकड भयो । कन्टिर–बाबू दुखी हुन यति कारण पर्याप्त छ ।

‘बालुवाटार मार्च’ कार्यक्रममा कवि, लेखक, कलाकार, सङ्गीतकर्मी, बौद्धिक, पेसाकर्मी एवम् नागरिक अभियन्ताहरूको बाक्लो सहभागी थियो । यसअघि कृष्ण पहाडीलगायत अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

अर्काेतिर कन्टिर–बाबू खुसी हुने कारण पनि छ, अब भने अधिनायकवाद सच्चिने झिनो आशा पलाएको छ । अधिनायकवादको बाटोमा हिँडेको सरकार यथार्थमा अन्धो हुन्छ । त्यसले राम्रो–नराम्रो देख्न छोड्छ । हिजोको घटनाले सरकार छिटै थला पर्ने सङ्केत देखाएको छ । यसो नहुँदो हो त सरकारी डन्डेहरू हिजो तथानाम डन्डा घुमाउन्नथे । तर विचरा तिनले पनि के गरुन्, मनमा जे भए पनि जागिर आखिर जोगाउनैपर्‍यो ।

घटना अपेक्षित–अनपेक्षित जे भए पनि यस्ता धरपकडले सरकारी घमन्ड कमजोर र जनताको सर्वाेच्चता स्थापित हुनेमा कन्टिर–बाबू विश्वस्त छन् । कारण मधेसतिर एउटा भनाइ निकै प्रचलित छ– जब गिदडका मौत आता है तो सहर की ओर दौडता है । अधिनायकवाद जब पतन की ओर बढता है तो नागरिक आन्दोलन पर डन्डा बरसाता है ।

यद्यपि यो घटनालाई ओल्बाको विरोधमा नागरिक अगुवा सडकमा आएको तथा उनीहरूले झप्रमहरूलाई सत्तारोहणका लागि समर्थन गरेको अर्थमा बुझिनुहुँदैन भन्ने कन्टिर–बाबूको आग्रह छ । नागरिक अभियन्ताहरू कोही व्यक्तिको विरोध वा समर्थनमा सडकमा आएका होइनन् । उनीहरू त लोकतन्त्र, संविधान र सङ्घीयता रक्षार्थ सडकमा आएका हुन् । विधि मिचिएको विरोधमा देखापरेका नागरिक अगुवाहरू सत्ताका ललाची होइनन् भन्नेमा कन्टिर–बाबू स्पष्ट छन् ।

jackson ribon