birat ribon

महिला लिग : आज दुई खेल हुँदै, एपिएफ र आर्मी प्रतिस्पर्धामा

Neuro
महिला लिग : आज दुई खेल हुँदै, एपिएफ र आर्मी प्रतिस्पर्धामा

विराटनगर । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा मङ्गलबार दुई खेल हुँदैछ । आज तीनै विभागीय टोली प्रतिस्पर्धामा छन् ।

Padelux insider
cura insider

आज विभागीय टोलीद्वय एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले एक–अर्काको सामना गर्दैछन् । साविक विजेता एपीएफले दिउँसो २ः३० बजे आर्मीसँग खेल्न लागेको हो ।

यस खेलमा एपिएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि उसले पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकामाथि ६–० गोलको जित निकालेको थियो भने दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलले हराएको थियो ।

एपिएफ दुई खेलमा छ अङ्क जोडेर शीर्ष स्थानमा छ । आर्मी भने समान दुई खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ । उसले पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा वालिङलाई ७–० गोलले हराएको थियो ।

त्यसअघि नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल बिहान ११ः३० बजे सुरु हुनेछ ।

यस खेलमा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा पुलिसले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोलले हराएको थियो ।

पुलिस चार अङ्कसहित तेस्रो स्थानमा छ भने वालिङसँग एक अङ्क छ । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा आर्मीसँग ७–० गोलले पराजित भएको थियो ।

jackson ribon