विराटनगर । टोटनह्याम हटस्पर इङ्ग्लिस एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा वाइकम्बेमाथि ४–१ गोलान्तरको शानदार जित निकाल्दै टोटनह्यामले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।
वाइकम्बेको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएका थियो । २५औं मिनेटमा फ्रेड ओनिडिम्माले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
पहिलो हाफको इन्ज्युरी समयमा ग्यारेथ बेलले गोल गर्दै टोटनह्यामलाई बराबरीमा फर्काए ।
८६औं मिनेटमा ह्यारी विङ्कसले गोल गर्दै टोटनह्यालमाई अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै टाङ्गुयी डोम्बेलेले गोल गर्दै ३–१ गोलको अग्रता दिलाए ।
पुनः खेलको इन्ज्युरी समयमा डोम्बेलेले गोल गर्दै टोटनह्यामलाई ४-१ गोलान्तरकाे शानदार जित दिताए ।
यससँगै टोटनह्यामले पाँचौं चरणमा इभर्टनसँगको भेट पक्का गरेको छ । यी दुईबीचको खेल १० फेब्रुअरीमा हुनेछ ।