birat ribon

नागरिक अगुवामाथि बल प्रयोग भएकामा प्रचण्ड–नेपाल समूहद्वारा निन्दा

Neuro
नागरिक अगुवामाथि बल प्रयोग भएकामा प्रचण्ड–नेपाल समूहद्वारा निन्दा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति निन्दा गरेको छ ।

Padelux insider
cura insider

सोमबार नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति प्रकाशित गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गरेका हुन् ।

संसद् विघटनविरुद्धमा नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो । पानीको फोहराका कारण प्रदर्शनमा सहभागी भएकाहरूमध्ये केही घाइते भएका थिए ।

प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला, पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी थिए ।

श्रेष्ठले लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै आज भएको बल प्रयोगले सरकारको निरङ्कुश चरित्र उदाङ्गो भएको आरोप लगाए । रासस

jackson ribon