birat ribon

प्रदेश २ लाई २३ हजार भाइल खोप प्राप्त

Neuro
प्रदेश २ लाई २३ हजार भाइल खोप प्राप्त

जनकपुर । सङ्घीय सरकारबाट प्रदेश २ मा खोप अभियान सञ्चालनका लागि २३ हजार भाइल प्राप्त भएको जनाइएको छ । माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुन लागेको प्रदेश २ मा २३ हजार भाइल खोप प्राप्त भएको हो ।

स्वास्थ्य निर्देशक विजय झाका अनुसार प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट खोप अभियान शुभारम्भ गरिनेछ ।

cura insider

माघ १४ गते मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जको नारायणी अस्पतालबाट खोप अभियान थाल्नेछन् भने आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रादेशिक अस्पताल जनकपुरधामबाट र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा खोप अभियानको शुभारम्भ गर्ने बताइएको छ ।

खोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।

jackson ribon