birat ribon

‘ठूला–ठूला सपना देखेर अघि बढिरहेका प्रधानमन्त्रीलाई काम गर्न दिइएन’

Neuro
‘ठूला–ठूला सपना देखेर अघि बढिरहेका प्रधानमन्त्रीलाई काम गर्न दिइएन’

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काममा बाधा दिइएको बताएका छन् ।

Padelux insider
cura insider

सोमबार नेकपा बेँसीशहर नगर कमिटीले बेँसीशहरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ठूला–ठूला सपना देखेर विकास गर्दै अघि बढिरहेका प्रधानमन्त्रीलाई विकास गर्न नदिने खेल खेल्दै केही समूह मुलुकमा समृद्धिको बाधक बनेको बताए ।

विश्वासको मत ल्याएर मुलुकको तीव्र विकास गरिरहेका केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदै देश सङ्कटतर्फ धकल्नका लागि प्रचण्डले ठूलो भूमिका खेलेकाले अहिलेको स्थिति पैदा भएको आरोप लगाए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले मदनभण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, भारतबाट पाइप लाइनबाट तेल ल्याउने काम, रेलमार्ग, पानी जहाज सञ्चालन गर्ने, भारतले मिचेको नेपालको नक्सा बनाउने कामलगायतको धेरै काम गरे पनि प्रचण्ड लगायतले असफल भएको बनाउने खेल मात्रै गरेको उनको आरोप छ । रासस

jackson ribon