birat ribon

चेल्सीमा लाम्पार्डको स्थानमा टुचेल आउँदै

Neuro
चेल्सीमा लाम्पार्डको स्थानमा टुचेल आउँदै

विराटनगर । इङ्ग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डको स्थानमा पिएसजीका पूर्वप्रशिक्षक थोमस टुचेल ल्याउने भएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार चेल्सीले सोमबार बर्खास्तीमा परेका लाम्पार्डको स्थानमा टुचेल ल्याउने पक्का भइसकेको छ ।

Padelux insider
cura insider

प्रिमियर लिगमा खराब प्रदर्शन गरेको भन्दै १८ महिनामा नै चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो । चेल्सी पछिल्ला आठ खेलमध्ये पाँच खेलमा पराजित छ । एफए कपअन्तर्गत लुटोन टाउनमाथि ३–१ गोलको जित निकालेको चौबीस घण्टाभित्रै चेल्सीले लाम्पार्डलाई बर्खास्ती गरेको हो ।

४२ वर्षीय लाम्पार्डले अघिल्लो सिजन चेल्सीलाई शीर्ष चारमा रहन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यस सिजन भने प्रिमियर लिगमा सङ्घर्षरत देखिएको छ । १९ खेल खेलिसकेको ऊ २९ अङ्कका साथ नवौं स्थानमा छ ।

स्टाम्फोर्ड ब्रिजमा रहँदा मुख्य ११ उपाधि जितेका उनी १८ महिनाअघि मात्र चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । चेल्सीले लाम्पार्डलाई ३ वर्षको लागि प्रशिक्षक बनाएको थियो ।

अब, चेल्सीले टुचेललाई मुख्य प्रशिक्षक बनाउने तयारी थालेको बताइएको छ । पिएसजीबाट बर्खास्त भएपछि कामविहीन टुचेलले चेल्सी आउन स्वीकार गरेको बताइएको छ ।

jackson ribon