birat ribon

पिएम कप : सेमिफाइनल समीकरण पूरा, कुन–कुन टोली पुगे अन्तिम चारमा ?

Neuro
पिएम कप : सेमिफाइनल समीकरण पूरा, कुन–कुन टोली पुगे अन्तिम चारमा ?

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार दुई खेल भएसँगै प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।

Padelux insider
cura insider

आज विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि चार विकेट जित निकाल्दा आजकै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि छ रनको जित निकालेको छ ।

पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अङ्क जोडेको छ ।
सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध छ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रूपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश पाएको हो ।

अन्तिम चारमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिसँग प्रतिस्पर्धा गर्दा आर्मीले वागमती प्रदेशसँग भिड्नेछ । बुधबार पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिसबीच कीर्तिपुर मैदानमा खेल हुनेछ ।

jackson ribon