काठमाडौं । नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ ।
कमलपोखरीदेखि सुरु भई प्रधानमन्त्री निवास बालुवाटार नजिकै पुगेको मार्चपासमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको हो । नागरिक अगुवाहरूले कमलपोखरीको माटो लगाएर मार्चपास र्याली सुरु गरेका थिए ।
र्याली कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल, भाटभटेनी हुँदै बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । लाठीचार्ज र पानीको फोहोराका कारण केही अगुवाहरू घाइते भएको नागरिक अगुवाहरूले बताएका छन् ।