birat ribon

संसद् पुनर्स्थापनाको माग गर्नेहरू प्रतिगामी हुन् : गृहमन्त्री थापा

Neuro
संसद् पुनर्स्थापनाको माग गर्नेहरू प्रतिगामी हुन् : गृहमन्त्री थापा

कालीकोट । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने र पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको आरोप लगाए । उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गरे ।

ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गरे । रासस

jackson ribon