birat ribon

लाम्पार्डलाई बर्खास्त गर्दै चेल्सी

Neuro
लाम्पार्डलाई बर्खास्त गर्दै चेल्सी

विराटनगर । इङ्ग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्ने भएको छ । प्रिमियर लिगमा खराब प्रदर्शन गरेको भन्दै १८ महिनामा नै चेल्सीले लाम्पार्डलाई बर्खास्त गर्ने तयारी गरेको गोलडटकमले जनाएको छ ।

Padelux insider
cura insider

चेल्सी पछिल्ला आठ खेलमध्ये पाँच खेलमा पराजित छ । एफए कपअन्तर्गत लुटोन टाउनमाथि ३–१ गोलको जित निकालेको चौबीस घण्टाभित्रै चेल्सीले लाम्पार्डलाई बर्खास्ती गर्ने तयारी गरेको हो ।

४२ वर्षीय लाम्पार्डले अघिल्लो सिजन चेल्सीलाई शीर्ष चारमा रहन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यस सिजन भने प्रिमियर लिगमा सङ्घर्षरत देखिएको छ । १९ खेल खेलिसकेको ऊ २९ अङ्कका साथ नवौं स्थानमा छ ।

तथापि, गए राति चेल्सीले ट्यामी अब्राहमको ह्याट्रिकको सहायतामा एफए कपको पाँचौं चरणमा स्थान बनाएको थियो । लाम्पार्ड चेल्सीका पूर्व–खेलाडीसमेत हुन् । लाम्पार्डले खेलाडी जीवनमा चेल्सीमा १३ वर्ष बिताएका थिए ।

स्टाम्फोर्ड ब्रिजमा रहँदा मुख्य ११ उपाधि जितेका उनी १८ महिनाअघि मात्र चेल्सीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । चेल्सीले लाम्पार्डलाई ३ वर्षको लागि प्रशिक्षक बनाएकाे थियो ।

jackson ribon