birat ribon

जतुवा प्रिमियर लिगको उपाधि जतुवा टाइगर्सलाई

Neuro
जतुवा प्रिमियर लिगको उपाधि जतुवा टाइगर्सलाई

विराटनगर/विराटनगर महानगरपालिका–१४ जतुवामा आयोजना गरिएको जतुवा प्रिमियर लिगको उपाधि जतुवा टाइगर्सले जितेको छ । फाइनल खेलमा किङ्स ११ जतुवालाई ३० रनले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो ।

Padelux insider
cura insider

टाइसर्गको जितमा उत्कृष्ट प्रदर्शन गरेका दीपक भुजेल खेलको म्यान अफ दि म्याच भए । उत्कृष्ट बलर बालकृष्ण यादव, उत्कृष्ट ब्याट्सम्यान राजा यादव भएका थिए । प्रतियोगिताको म्यान अफ द सिरिज श्रवण राय भएका थिए ।

प्रतियोगिताको विजेतालाई ट्रफी प्रदान गरिएको आयोजक संस्था जतुवा युवा समाजका अभिमन्यू यादवले जानकारी दिए । प्रतियोगिताको विजेता टोली जतुवा टाइगर्सलाई कोसी अनलाइनले टि–सर्ट प्रदान गरेको थियो ।

jackson ribon