birat ribon

पिएम कप : प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा

Neuro
पिएम कप : प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

Padelux insider
cura insider

सोमबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई चार विकेटले हराउँदै पुलिस सेमिफाइनल प्रवेश गरेकाे हो ।

मुलपानी क्रिकेट मैदानमा प्रदेश २ ले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको पुलिसले ३८ ओभरमा छ विकेट गुमाएर पूरा गरेको हो ।

पुलिसको जितमा अनिल साहले नटआउट ४७ रन बनाए । कुशल भुर्तेलले ४३ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७ रन जोडे । सुनिल धमलाले १३ रन बनाउँदा कप्तान मन्जित श्रेष्ठ १२ रनमा अविजित रहे ।

Image

प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले ४७ ओभरमा झारिएको खेलमा नौ विकेट गुमाउँदै एक सय ६९ रन बनाएको थियो ।

प्रदेश २ का हरिशङ्ककर शाहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । हिमान्शु दत्तले १६ रन बनाउँदान आदिल अन्सारीले १५ रन जोडे । यस्तै कप्तान सुरज कुर्मीले १३ रन बनाउँदा रवि सिंह र विशाल शुस्लिङले समान १२–१२ रन जोडे ।

पुलिसका ललित राजवंशीले चार विकेट लिए भने सागर ढकालले दुई तथा पवन सरार्फले एक विकेट लिए ।

यससँगै पुलिस समूह ‘बि’बाट उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसले चार खेलमा छ अङ्क जोडेको छ ।

पुलिसको जितले लुम्बिनीको यात्रा समूह चरणमा नै रोकिएको छ । समूह ‘बि’ बाट विजेताका रूपमा वागमतीले सेमिफाइनलमा प्रवेश गरेको छ ।

jackson ribon