birat ribon

नेकपा ओली पक्षले जनसभा गर्ने

Neuro
नेकपा ओली पक्षले जनसभा गर्ने

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ ।

Padelux insider
cura insider

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश सङ्गठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा गर्न लागेको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको वास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको बताए ।

जनसभा सफल पार्नको निम्ति नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको पनि बताए ।

जनसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा व्यक्तिकेन्द्रित आरोप–प्रत्यारोप नगरी विधिसम्मत् राजनीतिक र व्यावहारिक कुरा गर्ने बताए । उनले २३ गतेको जनसभामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमार्फत् वर्तमान राजनीतिक परिवेशको सम्बन्धमा गोप्य रहेको कुरा सार्वजनिक गर्ने पनि बताए ।

नेकपाले माघ २१ गते १० हजार मोटरसाइकलको र्‍याली पनि गर्ने भएको छ । जनसभामा वाग्मती प्रदेशअन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका चार जिल्ला गरी १७ जिल्लाका नेता कार्यकर्ताको नेतृत्वमा जनपरिचालन गरी सभालाई सफल बनाइने बताइएको छ ।

सभामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र सदस्यहरुले जनताको नेतृत्व गरी र्‍यालीसहित जनसभामा सहभागी हुने बताइएको छ ।

jackson ribon