birat ribon

‘आरआरआर’ को प्रदर्शन मिति सार्वजनिक

Neuro
‘आरआरआर’ को प्रदर्शन मिति सार्वजनिक

विराटनगर/बहुप्रतिक्षित तुलुगु फिल्म ‘आरआरआर’ को प्रदर्शन मिति सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

दुईवटा फरक समयको कथालाई प्रस्तुत गर्ने फिल्ममा रामचरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा रहेका छन् । उनीहरूसँगै फिल्ममा आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी तथा रे स्टेभन्सनको अभिनय रहेको छ ।

केही दिनअगाडि अभिनेत्री एलोसन दोडीले आफ्नो इन्स्टाग्रामको स्टोरीमा एउटा पोस्ट गरेकी थिइन् जहाँ फिल्म ८ अक्टुबर २०२१ मा रिलिज हुने लेखिएको थियो । एलोसनले आफ्नो पोस्टलाई तत्कालै हटाए पनि थुप्रै फ्यानहरुले त्यस पोस्टको स्क्रिनसटलाई साक्षी राख्दै शेयर गरेका थिए ।

फिल्म ‘आरआरआर’ बिग बजेटमा बनेको प्यान इन्डियन फिल्म हो । निर्देशक एसएस राजामौलीले फिल्मको क्लाइमेक्सको दृश्य शेयर गर्दै फिल्मको छायाङ्कन अन्तिम चरणमा रहेको जानकारी दिएका थिए ।

फिल्म तेलुगु, तमिल, मल्यालम, कन्नड र हिन्दी गरी पाँच भाषामा रिलिज हुनेछ । सोमबार निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म ‘आरआरआर’ १३ अक्टुबर, २०२१ मा रिलिज हुने जानकारी दिएका छन् ।

jackson ribon