birat ribon

युभेन्टसमा डेब्यू गोल गरेपछि पिर्लोले गरे अर्थरको तारिफ

Neuro
युभेन्टसमा डेब्यू गोल गरेपछि पिर्लोले गरे अर्थरको तारिफ

विराटनगर । ब्राजिलियन मिडफिल्डर अर्थर मेलोले इटालीको क्लब युभेन्टसबाट डेब्यू गोल गरे । आइतबार राति सिरी ‘ए’अन्तर्गत युभेन्टसले बोलोग्नामाथि जित निकाल्दा बार्सिलोनाका पूर्वखेलाडी अर्थरले एक गोल गरेका थिए ।

Padelux insider
cura insider

गए राति युभेन्टसले बोलोग्नालाई आफ्नो मैदानमा २–० गोलले हराएको थियो । युभेन्टस स्टेडियममा घरेलु टोलीको जितमा अर्थरले एक गोल गर्दा एक गोल वेस्टन एमसिकेनीले गरेका थिए ।

अर्थरले १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । युभेन्टसबाट पहिलो गोल गरेका अर्थरको ‘अलराउण्ड’ प्रदर्शनप्रति मुख्य प्रशिक्षक आन्द्रेस पिर्लो प्रभावित भएका छन् ।

‘अर्थरको अलराउण्ड प्रदर्शनबाट प्रभावित बनेको छु । उनी धेरै पकडका साथ रक्षात्मक खेल्न रुचाउँछन् । अनि मिडफिल्डमा पनि राम्रो प्रभाव राख्छन्’, खेलपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने ।

‘उनले बोलोग्नासँगको खेलमा राम्रो खेले । प्रत्येक समय हामी खेललाई मजबुत बनाउने प्रयास गर्दा उनी तयार देखिन्छन् । उनी सही स्थानमा छन् । उनको लक्ष्य राम्रो छ, राम्ररी बल व्यवस्थापन गर्न सक्छन् र सही समयमा विपक्षीमाथि दवाव सिर्जना गर्न सक्छन्’, उनले थपे ।

jackson ribon