birat ribon

अनुहारको अनावश्यक कपाल हटाउने पाँच प्राकृतिक उपाय

Neuro
अनुहारको अनावश्यक कपाल हटाउने पाँच प्राकृतिक उपाय

विराटनगर/ओठको माथिल्लो भाग वा अनुहारमा आउने अनावश्यक कपाल कसैलाई पनि मन पर्दैन ।

Padelux insider
cura insider

यसलाई हटाउनका लागि थ्रेडिङ गर्ने, व्याक्सिङ गर्ने तथा पुरुषहरूजस्तै सेभ गर्नेसमेत गर्छन् । यी उपायले दुखाइ, जलन, रातोपनसमेत निम्त्याउन सक्ने हुँदा धेरैलाई यी उपायको प्रयोग गर्न डरसमेत लाग्ने गर्छ । साथै, यसरी कपाल निकाल्दा कपाल छिट्टै पलाउने हुन्छ । अनुहारको कपाललाई प्राकृतिक रूपमा कम गर्न केही घरेलु उपचार पनि छन् ।

घरेलु उपायले एकै पटकमा राम्रो परिणाम भने ल्याउँदैन । तर, यसलाई निरन्तरता दिँदै गएका केही समयपछि यसको परिणाम देख्न सकिन्छ । यी पाँच उपायले अनुहारको अनावश्यक कपाल हटाउन मद्दत गर्न सक्छ :

१) बेसार र दुध : बेसार र दूधलाई मिसाई पेस्ट बनाएर माथिल्लो ओठ वा अनावश्यक कपाल भएको क्षेत्रमा बिस्तारै यसलाई लगाउनु पर्छ । यो पेस्टलाई सुक्न दिनुपर्ने हुन्छ र बिस्तारै मालिस गर्दै चिसो पानीले यसलाई पखाल्नु पर्छ ।

२) अण्डा र मकैको पिठो : मकैको पिठो (कर्न फ्लोर), चिनी र अण्डाको सेतो भागलाई मिसाउनु पर्छ । यो मिश्रणलाई अनावश्यक कपाल भएको क्षेत्रमा लगभग ३० मिनेटका लागि लगाउनु पर्छ ।

३) कागती र चिनी : एक चम्चा चिनीलाई केही थोपा कागतीको रससँग मिलाएर एक एक्स्फ्लोइटिङ स्क्रब बनाउन सकिन्छ । यसको बाक्लो पेस्टलाई कम्तिमा दसदेखि १५ मिनेटका लागि अनावश्यक कपाल भएको क्षेत्रमा लगाउनु पर्छ ।

४) दही र बेसन : अनुहारको अनावश्यक कपाल हटाउन दही, चनाको पीठो (बेसन) र हल्दीको पेस्ट बनाएर लगाउन सकिन्छ । यो पेस्टलाई सुक्न दिनुपर्ने हुन्छ र बिस्तारै मालिस गर्दै चिसो पानीले यसलाई पखाल्नु पर्छ ।

५) बेसन र बेसार : अनुहारको कपाल हटाउनका लागि बेसन, बेसारलाई पानी प्रयोग गरेर मिश्रण बनाई अनुहारमा सुकुन्जेलसम्म राख्न सकिन्छ ।

jackson ribon