birat ribon

गुलियो पदार्थको सेवनले शरीरमा निम्त्याउँछन् यस्ता समस्या

Neuro
गुलियो पदार्थको सेवनले शरीरमा निम्त्याउँछन् यस्ता समस्या

विराटनगर/अधिकांश मानिस खाना, खाजा खाने बेलामा प्याकेट गरिएको, गुलियो तथा प्रशोधित खानाको भर पर्ने गर्छन् ।

Padelux insider
cura insider

यी उत्पादनहरूमा प्रायः चिनी समावेश गरिएको हुन्छ, जसकारण शरीरमा चाहिने दैनिक क्यालोरीभन्दा धेरै पाइरहेको हुन्छ । विज्ञका अनुसार अत्यधिक चिनी वा चिनियुक्त खाद्यपदार्थले मोटोपना निम्त्याउँछ जुन धेरै रोगहरूको प्रमुख कारण हो । चिनी वा गुलियो पदार्थको सेवनले चाँडै रगतमा चिनी र इन्सुलिनको स्तरलाई बढाउने गर्छ, जसले गर्दा शरीरमा एक्कासी ऊर्जा बढ्छ ।

तर, यसप्रकार शरीरमा ऊर्जाको स्तरमा भएको वृद्धि क्षणिक हुन्छ । र उर्जा हराएसँगै शरीर थकित र आलस्य हुन्छ । अत्यधिक गुलियो पदार्थको उपभोग गर्दा, विशेषगरी कार्वोनेटेड पेयपदार्थबाट, तौल बढ्ने जोखिम पनि बढ्दै जान्छ र पेटको भागमा फ्याट सञ्चय हुन सक्छ । उच्च चिनीको सेवनले मोटोपनाका साथै शरीरमा इन्सुलिन प्रतिरोध गराउन सक्छ, र यी दुबै टाइप २ मधुमेहको जोखिम कारक हुन् ।

अत्यधिक चिनीको सेवनले मोटोपना, उच्च रक्तचाप, इन्फ्लेमेसन निम्त्याउँछ जसले हृदय रोगको जोखिम कारकलाई बढाउँछ । उच्च चिनी वा गुलियो समावेश भएको आहारको सेवन गर्नेहरूमा हृदय रोगबाट मर्ने जोखिम बढ्ने पाइएको छ । यी सबै विभिन्न क्यान्सरका लागि पनि जोखिम कारक हुन् । उच्च चिनीको सवेनले एन्ड्रोजन नामक हर्मोनको मात्रा बढाउने, तेल उत्पादन र सुजन बढाउन सक्छ, जसले एक्ने (डन्डिफोर) को जोखिम बढाउन सक्छ ।

साथै, यसले छालालाई छिटो बूढो बनाउने र चाउरी पर्ने समस्या पनि समयअगावै बढ्न सक्छ । गुलियो तथा प्रशोधन गरिएको खाद्यपदार्थको सेवनले पुरुष र महिला दुबैमा डिप्रेसनको जोखिम बढाउन सक्छ । धेरै चिनी वा गुलियो खाद्यपदार्थको सेवनले कलेजोमा अत्यधिक बोसो निर्माण हुने, मृगौलामा रोगको जोखिम, दाँतमा समस्या, युरिक एसिडको जोखिम बढाउनुका साथै स्मरणशक्तिमा समेत ह्रास ल्याउन सक्छ ।

jackson ribon