birat ribon

प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न दाङ जाँदै प्रधानमन्त्री !

Neuro
प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न दाङ जाँदै प्रधानमन्त्री !

काठमाडौँ । पुल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका छन् ।

Padelux insider
cura insider

दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटनका लागि ओली दाङ जान लागेका हुन् ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो रहेको बताइएको छ । पुलको उदघाटनपछि जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

jackson ribon