birat ribon

खोप लगाएकाबाट पनि सर्न सक्छ भाइरस

Neuro
खोप लगाएकाबाट पनि सर्न सक्छ  भाइरस

विराटनगर । कोभिडविरुद्ध खोप लगाएका मानिसबाट पनि कोरोना भाइरस सार्न सक्ने बताइएको छ ।

Padelux insider
cura insider

इङ्ग्ल्यान्डका एक वरिष्ठ स्वास्थ्य अधिकारीले कोभिडविरुद्ध खोप लगाएकाबाट पनि अरूलाई कोरोना भाइरस सर्न सक्ने बताएका हुन् ।

बीबीसीका अनुसार डेप्यूटी चीफ मेडिकल अफिसर प्राध्यापक जोनाथन भ्यान टामले भाइरस प्रसारमा खोपको प्रभावकारीताबारे थाहा नभएको बताउँदै खोप लगाएका व्यक्तीबाट पनि भाइरस सर्ने बताएका हुन् ।

भ्यान टामका अनुसार खोपको विकासले आशा जगाए पनि कुनै खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन । उनले खोप लगाएको दुईदेखि तीन हप्तासम्ममा भाइरसबाट सङ्क्रमित हुन सक्ने सम्भावना रहने बताए ।

खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत एक मानिसले अरूलाई कोभिड सार्न सक्ने र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिइरहने उनको भनाई छ ।

खोपको प्रभाव पूर्ण रूपमा विकसित हुन दिन कम्तीमा तीन हप्ताको समय दिँदा उत्तम हुने उनी बताउँछन् । उनका अनुसार सरसफाइ र सावधानीमा उपाय नअपनाएको खण्डमा खोप लगाएकाले भाइरस फैलाउन सक्छन् ।

jackson ribon