birat ribon

नेकपा विभाजनले पाएन कानुनी मान्यता, अध्यक्ष प्रचण्ड र ओली नै

नेपाल र नयाँ केन्द्रीय सदस्यले मान्यता पाएनन्

Neuro
नेकपा विभाजनले पाएन कानुनी मान्यता, अध्यक्ष प्रचण्ड र ओली नैनेपाल र नयाँ केन्द्रीय सदस्यले मान्यता पाएनन्

विराटनगर । प्रतिनिधिसभा विघटनपछि विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले कानुनी मान्यता दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता दिन अस्वीकार गरेको हो ।

Padelux insider
cura insider

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकाल्दै प्रचण्ड–माधव समूहले अध्यक्ष बनाएका माधवकुमार नेपाल र प्रधानमन्त्री ओलीले थप गरेको केन्द्रीय सदस्यलाई मान्यता दिन अस्वीकार गरेको एक आयुक्तले जानकारी दिए ।

संसद् विघटन लगतै प्रचण्ड– माधव समूहले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो । आइतबार ओलीलाई साधारण सदस्यबाट पनि निस्काशन गरेको थियो ।

ओली समूहले केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए । तर आयोगले दुबैको दाबी नपुगेको ठहर गरेको छ ।

आयोगले मान्यता नदिएपछि अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने र केन्द्रीय कमिटी पनि दल दर्ता गर्दाको सङ्ख्या कायम रहेको मात्र रहनेछ ।

jackson ribon