birat ribon

विवाहमा यस्तो देखिए बलिउड नायक वरुण धवन

Neuro
विवाहमा यस्तो देखिए बलिउड नायक वरुण धवन

विराटनगर । चर्चित बलिउड नायक वरुण धवनले फेसन डिजाइनर नताशा दलालसँग विवाह गरेका छन् । उनले आइतबार मुम्बईमा विवाह गरेका हुन् ।

Padelux insider
cura insider

विवाहको फोटो सार्वजनिक गर्दै वरुणले जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् ।

विवाहमा फोटो कसैलाई खिच्न दिइएको थिएन । विवाह स्थलमा क्यामरा र मिडियामाथि प्रतिबन्ध लगाइएको थियो ।

विवाह पछि धवन आफैले तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यू म्यारियटमा रिसेप्सन हुनेछ ।

नताशा फेसन डिजाइनर हुन् । उनले आफ्नो विवाहका लागि आफैंले डिजाइन गरेको पहिरन लगाएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

jackson ribon