विराटनगर । प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणको अन्तिम खेल हुँदैछन् ।
समूहचरणको अन्तिम खेलमा समहू ए मा रहेको विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी भिड्दैछन् । विभागिय टोलीबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।
समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
समूह ए बाट एपीएफ र आर्मी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
समूह बी बाट बागमती प्रदेश सेमिफाइनलमा पुगेको छ । आजको खेलमा प्रदेश २ लाई पराजित गरेमा साविक विजेता नेपाल पुलिस पनि सेमिफाइनल पुग्नेछ । प्रदेश २ ले पुलिसविरुद्ध जित निकाले अंक तालिकाका आधारमा लुम्बिनी प्रदेश सेमिफाइनल पुग्नेछ ।
समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । उपविजेताले भने समूह बी को विजेता बनिसकेको बागमती प्रदेशसंग खेल्नेछ ।