birat ribon

बायर्नलाई सात अङ्कको अग्रता

Neuro
बायर्नलाई सात अङ्कको अग्रता

विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले शाल्केलाई उसैको मैदानमा ४–० गोलले हराएको हो ।

Padelux insider
cura insider

भेल्टिन्स एरिनामा बायर्नलाई जिताउन थोमस मुलरले दुई गोल गर्दा रोबर्ट लेवान्डोस्की र डेभिड अलाबाले समान एक–एक गोल गरे ।

Image

मुलरले ३३औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि बायर्नलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

८८औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० गोलको अग्रता बनाउँदा ९०औं मिनेटमा अलाबाले गोल गर्दै बायर्नलाई ४–० गोलले जिताए ।

Image

जितसँगै बायर्नले अङ्क तालिकामा सात अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको बायर्नले १८ खेलमा ४२ अङ्क जोडेको छ ।

दोस्रो स्थानको आरबी लेइपिजसँग ३५ अङ्क छ । पराजित शाल्के भने सात अङ्कका साथ पुछारमा छ ।

jackson ribon