birat ribon

मेस्सीविनाको खेलमा बार्सिलोनाको जित, शीर्ष तीनमा उक्लियो

Neuro
मेस्सीविनाको खेलमा बार्सिलोनाको जित, शीर्ष तीनमा उक्लियो

विराटनगर । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष तीनमा उक्लिएको छ । आइतबार राति इल्चेलाई उसैको मैदानमा २–० गोलले हराउँदै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको हो ।

Padelux insider
cura insider

स्टेडियो म्यानुअल मार्टिनेज भालेरोमा बार्सिलोनालाई जिताउन फ्रेन्की डी योङ र रिक्की पुगले समान एक–एक गोल गरे ।

खेलको ३९औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ८९औं मिनेटमा पुगले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

कप्तान लियोनल मेस्सीले भने यो खेल खेल्न पाएनन् । प्रतिबन्धका कारण उनले यो खेल गुमाएका हुन् । दुई खेलको प्रतिबन्ध लागेका मेस्सी आगामी खेलबाट मैदान फर्किनेछन् ।

जितसँगै बार्सिलोना १९ खेलमा ३७ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लियो । इल्चे भने १७ अङ्कका साथ १९औं स्थानमा छ ।

Image

jackson ribon