birat ribon

लिभरपुललाई हराउँदै युनाइटेड पाँचौं चरणमा

Neuro
लिभरपुललाई हराउँदै युनाइटेड पाँचौं चरणमा

विराटनगर । म्यानचेस्टर युनाइटेड इङ्ग्लिस एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौथो चरणको खेलमा लिभरपुललाई ३–२ गोलले हराउँदै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएको हो ।

Padelux insider
cura insider

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा लिभरपुलले सुरुआती अग्रता बनाएको थियो । खेलको १८औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा मासोन ग्रिनवुडले गोल गरेपछि युनाइटेड खेलमा फर्कियो ।

Image

४८औं मिनेटमा मार्कुस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ५८औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई बराबरीमा फर्काए ।

तर, ७८औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेड पाँचौं चरणमा प्रवेश गरेको हो । अब युनाइटेडले वेस्ट ह्यामसँग अघिल्लो चरणका लागि खेल्नेछ ।

Image

यी दुईले गत साता पनि भेट गरेका थिए । प्रिमियर लिगअन्तर्गतको सो खेलमा दुवैले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

jackson ribon