birat ribon

संसद् पुनर्स्थापना भएपनि नेकपाका कारण समस्याको समाधान हुँदैन : महन्थ ठाकुर

Neuro
संसद् पुनर्स्थापना भएपनि नेकपाका कारण समस्याको समाधान हुँदैन : महन्थ ठाकुर

काठमाडौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद् पुनर्स्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कारण समस्या समाधान नहुने बताएका छन् ।

Padelux insider
cura insider

आइतबार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।

संसद् पुनर्स्थापना भएपनि सत्तारुढ नेकपा कानूनी रूपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए ।

वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक पटक बदलिएपनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे ।

jackson ribon