birat ribon

‘टम एन्ड जेरी’को हिन्दी संस्करण फेब्रुअरीमा रिलिज हुने

Neuro
‘टम एन्ड जेरी’को हिन्दी संस्करण फेब्रुअरीमा रिलिज हुने

विराटनगर । एनिमेटेड फिल्म ‘टम एन्ड जेरी’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । ९० को दशकमा टम एन्ड जेरी हरेक बच्चालाई मन पर्थ्यो । आज पनि सबैले टम एन्ड जेरीलाई बिर्सन सकेका छैनन् ।

Padelux insider
cura insider

हरेक उमेर समूहका दर्शकले रुचाउने ‘टम एन्ड जेरी’ अब ठूलो पर्दामा देखिँदैछन् । ‘टम एन्ड जेरी’ अमेरिकी एनिमेटेड कमेडी कार्टुन श्रृङ्खला हो । एनिमेटेड कार्टुनलाई निर्देशक टिम स्टोरीले ठूलो पर्दामा उत्रान लागेका हुन् ।

ट्रेलरमा टम र जेरी पात्रसँगै कोल ग्रेस मोरिज, माइकल पेन्ना, रोब डेलाने, कोलिन जोस्ट र केन जोङलगायतको अभिनय देखाइएको छ । यसको काहानी विलियम हना र जोशेप बरबेराले लेखेका हुन् । फिल्म टम एन्ड जेरी हेर्न दर्शक उत्साहित छन् । यो फिल्मको हिन्दी संस्करण फेब्रुअरी १९ मा रिलिज हुनेछ ।

jackson ribon