birat ribon

मुख्यमन्त्री शेरधन राई दम्पतीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना

Neuro
मुख्यमन्त्री शेरधन राई दम्पतीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना

विराटनगर । आज वैवाहिक बन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।

Padelux insider
cura insider
May be an image of 4 people and people standing

मुख्यमन्त्री राईले आज सन् २०१८ की ‘मिस मंगोल नेपाल’ की विजेता ज्याङ्मु शेर्पासँग विवाह गरेका हुन् । मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ । उनीहरूकाे विवाह काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसमा भएकाे हो ।

May be an image of 2 people and people standing

विवाह समारोहमा आफन्त र सीमित राजनीतिज्ञ मात्र उपस्थित थिए । उनकाे बिहेमा प्रधानमन्त्री ओलीका साथै राष्ट्रपति विद्यादेवी भण्डारी, पर्यटनमन्त्री भानुभक्त ढकाललगायतकाे उपस्थिति रहेकाे थियो ।

ओलीले राई दम्पत्तीलाई प्रधानमन्त्रीको बधाई तथा शुभकामना दिएकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ ।

jackson ribon