birat ribon

मेक्सिको–अमेरिकी सीमा नजिकै १९ व्यक्ति मृत भेटिए

Neuro
मेक्सिको–अमेरिकी सीमा नजिकै १९ व्यक्ति मृत भेटिए

विराटनगर । अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् ।

Padelux insider
cura insider

उक्त क्षेत्र लागु औषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

प्रहरीले शनिबार कार्मागो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ ।

पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरूको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ ।

jackson ribon