birat ribon

कुरियर सेवाको विकासमा राठीको योगदानको चर्चा

Neuro
कुरियर सेवाको विकासमा राठीको योगदानको चर्चा

विराटनगर । नेपाल कुरियर सेवा सङघका पूर्व–अध्यक्ष तथा कार्टियर कुरियर्स प्रालिका अध्यक्ष पवनकिशोर राठीको योगदानको स्मरण गरिएको छ । नेपाल कुरियर सेवा सङ्घका महासचिव सञ्जय मण्डलको नेतृत्वको टोलीले विराटनगरमा शोकसभाको आयोजना गरी राठीको योगदानको स्मरण गरेको हो ।

Padelux insider
cura insider

कार्यक्रममा सहभागीहरूले राठीले नेपालको कुरियर सेवाको विकास र विस्तारमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । नेपाल कुरियर सेवा सङघका महासचिव सञ्जय मण्डलले राठीले कुरियर व्यवसायीको हकहितमा सधैँ लड्दैआएको बताए ।

उनले राठीको निधनले यस क्षेत्रमा ठूलो क्षति पुगेको बताए । कुरियर व्यवसायीहरूले राठीको परिवारलाई समवेदनपत्रसमेत बुझाएका थिए । शोकसभामा कुरियर सेवा सङ्घका पूर्व–महासचिव टङ्कमणि खरेल, मनोज बस्नेत, फुलचन्द्र चौधरी, रमेश बस्नेत, नमोनारायण चौधरी, राजकुमार पोखरेल, उमेश खड्का, सञ्जीव चापागाई र पुरुषोत्तम रिमाललगायत सहभागी थिए ।

jackson ribon