birat ribon

अब्राहमको ह्याट्रिकमा चेल्सी एफए कपको पाँचौं चरणमा

Neuro
अब्राहमको ह्याट्रिकमा चेल्सी एफए कपको पाँचौं चरणमा

विराटनगर । चेल्सी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लटन टाउनमाथि ३–१ गोलको जित निकाल्दै चेल्सी अघिल्लो चरणमा प्रवेश गरेको हो ।

Padelux insider
cura insider

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा घरेलु टोलीलाई जिताउन ट्यामी अब्राहमले ह्याट्रिक गरे । लटनका जोर्डान क्लार्कले एक गोल गरे ।

Image

खेलको ११औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । १७औं मिनेटमा दोस्रो गोल गर्दै अब्राहमले चेल्सीको अग्रता दोब्बर बनाए ।

खेलको ३०औं मिनेटमा पाहुना टोलीका क्लार्कले गोल गरेपछि पहिलो हाफ २–१ गोलको अवस्थामा सकियो । ७४औं मिनेटमा अब्रामहले गोल गर्दै ह्याट्रिक पूरा गरे । र, चेल्सीलाई ३–१ गोलले जिताए ।

jackson ribon