birat ribon

हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

Neuro
हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा होबार्ट हुरिकेन्सले जित निकालेको छ । अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप आवद्ध टोली हुरिकेन्सले सिड्नी सिक्सर्सलाई सात रनले हराएको हो ।

Padelux insider
cura insider

मेलबर्नमा भएको खेलमा हुरिकेन्सले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको सिड्नीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८१ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको हुरिकेन्सले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो ।

यस खेलमा सन्दीपले द्ुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दा २४ रन खर्चिए । अघिल्लो खेलमा पनि सन्दीपले दुई विकेट लिएका थिए ।

jackson ribon